Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

वर्षमान पुनको स्वास्थ्यमा सुधार आएसँगै एक साताभित्र नेपाल फर्किने तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ को स्वास्थ्यमा सुधार आएको छ ।

चीनमा उपचाररत पुनको स्वास्थ्य सुधार आएसँगै उनी एक साताभित्र नेपाल फर्किने तयारी रहेको पारिवारिक स्रोतले जनाएको छ ।

सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा मंसिर २२ बाट नेता पुन उपचाररत छन् । पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन् ।

पुनसँगै पत्नी पूर्वसभामुख ओनसरी घर्ती पनि चीन गएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077