Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बसको ठक्करबाट साइकलमा सवार विद्यार्थीको मृत्यु, पूर्वपश्चिम राजमार्ग बन्द

कञ्चनपुर । कञ्चनपुरमा बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ ।

शुक्रबार बिहान पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सुडामा दार्चुला जाँदै गरेको ना ७ ख ६५२१ नम्बरको बसले साइकल यात्री कविराज बैजलाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट वेदकोट नगरपालिका–६ का बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाको विरोधमा आक्रोशित स्थानीयले अहिले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077