Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कामचलाउ सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता हुनुपर्छ : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता डा.भीमबहादुर रावलले सरकारले ल्याएको अध्यादेश देशको हितमा नरहेको भन्दै तत्काल फिर्ता लिन आग्रह गरेका छन्।

काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता रावलले अविलम्ब अध्यादेश फिर्ताको माग गरेका हुन्। उनले वर्तमान सरकार कामचलाउ र प्रधानमन्त्री शेरबहादुर देउवा संक्रमणकालिन प्रधानमन्त्री भएकाले यस्तो बेलामा अध्यादेश ल्याउनु गैरसंवैधानिक कदम भएको बताए ।

रावलले भने, ‘मुलुकी फौजदारी कार्यविधि संहितामा संशोधन गरेर, नेपाल सरकारले चाहेको अवस्थामा जुनसुकै अपराधमा सलग्न व्यक्ति किन नहोस्, निजले एउटा दल खोलिदिएपछि,

ती कुरा माफीरमिनाहा हुने कुरा गरिएको छ, यो संविधान र कानुनी दुवै दृष्टिकोणबाट पूर्णरूपमा गलत छ। प्रधानमन्त्री शेरबहादुर देउवा त कामचलाउ प्रधानमन्त्री हो। दीर्घकालीन असर पर्ने काम गर्नुहुन्छ ? राजनीतिक नैतिकता भएको व्यक्तिले यो काम गर्न सक्छ ? ’

उनले अहिले आएको अध्यादेश निहित स्वार्थ बोकेर आएको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077