Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

परालले छोपेको अवस्थामा युवकको शव फेला

बारा । परालले छोपेको अवस्थामा एक युवकको शव भेटिएको छ । बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीमा जीतपुरसिमरा उपमहानगरपालिका–१० बस्ने २२ वर्षीय सुरज साह कानुको शव भेटिएको हो ।

तारले खुट्टामा बाँधेको र टिसर्टले मुख छोपेको अवस्थामा सुरजको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

भुसाको थुप्रोबाट मृतकको खुट्टा बाहिर देखिएपछि बुधबार दिउँसो स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थल जाँच मुचुल्का गरी शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार प्रहरीले हत्याको घटनामा दुई जनाको संलग्नता हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077