Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजनीतिको आवरणमा कसैले पनि अपराध गर्न पाउँदैन : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले सरकारले राजनीतिको आवरणमा अपराधलाई छुट दिन खोजेको आरोप लगाएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता रावलले सरकारले ल्याएको अध्यादेश को विरोध गरेका हुन् ।

उनले फौजदारी क्रियाकलाप गर्नेलाई छुट दिन सरकारले अध्यादेश ल्याएको बताए । रावलले सरकारको कदमले देशलाई कुशासनको बाटोमा धकेलेको टिप्पणी गरे ।

उनले भने, ‘कुनै एउटा व्यक्तिले भोलि फौजदारी क्रियाकलाप गर्ने, अनि एउटा राजनीति दल खोलेर सरकारसँग सम्झौता गरेर आफ्ना अपराधका क्रियाकलापबाट मुक्त हुने त्यो बाटो यो अध्यादेशले खोल्नेछ ।’

सबै राजनीतिक दलहरु निर्वाचनमा भाग लिएकाले कोही हिंसात्मक बाटोमा नलागेको उनको भनाइ छ ।

उनले सरकारले ल्याएको अध्यादेश फिर्ता लिनुपर्ने बताए । राजनीतिको आवरणमा कसैले अपराध गर्न नपाउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077