Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

करार नवीकरण नगरेको भन्दै वायुसेवा निगमका क्याबिन क्रु आन्दोलित, अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं । नेपाल वायुसेवा निगमका दुई जना एयर होस्टेसको करार नवीकरण नभएको विषयलाई लिएर क्याबिन क्रु आन्दोलनमा उत्रिएका छन् ।

एयर होस्टेसको तोकिएको योग्यता नपुगेको भन्दै करार नवीकरण गर्न व्यवस्थापनले नमानेपछि उनीहरु आन्दोलित भएका हुन् ।

निगममा हरेक ५ वर्षमा क्याबिन क्रुको करार नवीकरण हुन्छ । उनीहरुको आन्दोलनका कारण बुधबार र बिहीबारका अन्तर्राष्ट्रिय उडानहरु प्रभावित बनेका छन् ।

निगम मातहतका नेपाल वायुसेवा क्याविन क्रु संघले बिहीबार एक विज्ञप्ति निकाल्दै यसबारे जानकारी दिएको छ । निगम स्रोतका अनुसार बुधबार काठमाडौंबाट दोहा र दुबई उड्नु पर्ने जहाजहरु तीन घण्टा डिले गरी उडेका थिए ।

बिहीबार काठमाडौंबाट साउदीको रियाद र भारतको नयाँ दिल्ली उड्नु पर्ने जहाजहरु समेत क्रुको आन्दोलनका कारण प्रभावित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077