Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फ्रान्ससँग मोरक्को हारेपछि हिंसामा उत्रिए प्रशंसक

रवत । गत राति विश्वकपको सेमिफाइनलमा आफ्नो देशको हारपछि निराश बनेका मोरक्कोका फ्यानहरू हिंसामा उत्रिएका छन्। फ्रान्स र बेल्जियममा झडप भएका छन्।

फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै अर्जेन्टिनासँगको फाइनल खेल पक्का गरेको थियो। नतिजाबाट निराश मोरक्कोका फ्यानहरूले फ्रान्सको सडकमा ज्वाला र आतिशबाजी प्रयोग गरेर विनाशको दृश्यहरू देखाएका छन्।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो। बेल्जियमको राजधानी ब्रसेल्समा पनि दंगा प्रहरी तैनाथ गरिएको थियो जहाँ मोरक्कन मूलका जनसंख्याको बाहुल्यता छ।

भीड तितरबितर गर्न प्रशंसक र सुरक्षा बलहरू बीच झडप पनि भयो। कतिपय स्थानमा प्रहरीले पानीको फोहरा र अश्रूग्यास प्रहार गरेको थियो । केही मोरक्को समर्थकलाई प्रहरीले पक्राउ पनि गरेको छ ।

मोरक्कोले तेस्रोका लागि शनिबार क्रोयसियाको सामना गर्दै छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077