Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला परेका छन् ।

निकुञ्जको नारायणी नदी किनारमा रहेको निकुञ्जको कोर क्षेत्रमा ६ महिनाको भाले गैंडा र अमलटारी सेक्टर लामीचौर पोष्ट अन्तर्गत गुन्द्रही ढका मध्यवर्ती सामुदायिक वन क्षेत्र आज विहान एक पोथी गैंडा मृत फेला परेको हो ।

भाले गैंडाको खाग नपलाएको निकुञ्जले जनाएको छ । १५ बर्षको पोथी गैंडा आपसमा जुधेर मरेको हुनसक्ने निकुञ्जले बताएको छ ।

गैंडाको खाग र खुर सुरक्षित छ । चालु आर्थिक बर्षमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ५ गैंडा मृत भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077