Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसकै नेतृत्वमा गठबन्धनको नयाँ सरकार बन्छ : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेसकै नेतृत्वमा गठबन्धनको नयाँ सरकार बन्ने दाबी गरेका छन् ।

नेता केसीले कांग्रेस गठबन्धन भित्रको ठूलो दल भएकाले कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।

उनले भने,‘सरकार गठबन्धनकै नेतृत्वमा बन्छ । हामीले जुन जनताको बीचमा प्रतिवद्धता गरेर आयौँ, यो गठबन्धनलाई स्थायित्व र स्थिरता दिने प्रतिवद्धता नै हाम्रो जनताको बीचको प्रतिवद्धता हो ।

काँग्रेस गठबन्धन भित्रको ठूलो दल भएकाले पनि काँग्रैसकै नेतृत्वमा सरकार बन्छ । यथास्थितिमा हामी अघि बढ्न खोज्यौँ भने यो चुनौति अझै गम्भीर बन्नेछ ।’

नेता केसीले पार्टी भित्रको नीति, नेतृत्व र व्यवहारलाई परिवर्तन गरेर नयाँ विश्वास जगाउने परिवेश निर्माण गर्नुपर्ने बताए ।

नेता केसीले स्थापित पार्टीहरूको नेता, नेतृत्व, नीति र कार्यशैलीको बिरोधमा नो भोटका रुपमा नागरिकहरुले स्वतन्त्रहरुलाई भोट दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077