Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यी हुन् मधेस प्रदेशसभाका ४३ समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ चयन भएका सांसदहरूको विवरण सार्वजनिक गरेको छ ।

आयोगले बुधबार पत्रकार सम्मेलन गरेर संघ र प्रदेश दुवैतिरको समानुपातिक निर्वाचित सासंदहरुको विवरण सार्वजनिक गरेको हो।

प्रतिनिधि सभाका ११० र प्रदेशका २२० सिटमा समानुपातिक सांसद निर्वाचित हुने व्यवस्था छ ।

यस्तै मधेस प्रदेशको प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीबाट ४३ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगले बुधबार निर्वाचित सांसदहरुको सूची सार्वजनिक गरेको हो । जसअनुसार कांग्रेसका ९, एमालेका ८, जनमतका ७, जसपाका ७ सांसद निर्वाचित भएका छन् ।

यस्तै माओवादीका ४, नेकपा एकीकृत समाजादीका ३, लोसपाका २ तथा राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसद १–१ सिटमा निर्वाचित भएको आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077