Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यी हुन् प्रदेश १ को प्रदेशसभाका समानुपातिक सांसद [सूचीसहित]

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ चयन भएका सांसदहरूको विवरण सार्वजनिक गरेको छ ।

आयोगले बुधबार पत्रकार सम्मेलन गरेर संघ र प्रदेश दुवैतिरको समानुपातिक निर्वाचित सासंदहरुको विवरण सार्वजनिक गरेको हो।

प्रतिनिधि सभाका ११० र प्रदेशका २२० सिटमा समानुपातिक सांसद निर्वाचित हुने व्यवस्था छ । यसैगरी आयोगले बुधबार सार्वजनिक गरेको विवरणमा प्रदेश नम्बर १ को प्रदेशसभामा समानुपातिकतर्फबाट ३७ जना निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले बुधबार एमालेका १५, कांग्रेसका १२, राप्रपाका ४ सांसदलाई निर्वाचित भएको घोषणा गरेको हो । यसैगरी माओवादी केन्द्रका ४, जनता समाजवादी नेपाल र नेकपा एकीकृत समाजवादी पार्टीका १–१ सांसद पनि समानुपातिकतर्फबाट निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077