Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

७९ लाख ४१ हजार ५३६ मतदाताले हालेनन् भोट

काठमाडौं । आमनिर्वाचन २०७९ अन्तर्गत प्रतिनिधिसभामा ७९ लाख ४१ हजार ५३६ मतदाता सहभागी नभएको पाइएको छ ।

निर्वाचन आयोगको अन्तिम मतदाता नामावली अनुसार कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता थिए ।

जसमध्ये यसपटक प्रतिनिधिसभा निर्वाचनमा एक करोड १० लाख ४७ हजार ३४ मतदाताले मतदान गरेका छन् । अर्थात् कूल मतदाता संख्याको ६१ दशमलव ४१ प्रतिशत मात्र निर्वाचनमा सहभागी भएका हुन् ।

प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ भने १ करोड ११ लाख २६ हजार २२६ (६१ दशमलव ८५ प्रतिशत) मतदाता सहभागी भएको आयोगको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077