Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

समानुपातिक सांसदलाई पुस ३ गते प्रमाणपत्र वितरण गरिने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदलाई पुस ३ गते प्रमाणपत्र वितरण गर्ने भएको छ।

आयोगले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पुस ३ गते आइतवार प्रमाणपत्र वितरण गरिने जानकारी दिए ।

‘पुस ३ गते आइतबार १ बजे मुख्य निर्वाचन अधिकृतको आयोजनामा समानुपातिक निर्वाचन प्रणालीको तर्फबाट निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण कार्यक्रम आयोगको केन्द्रीय कार्यलयको प्रङ्गणमा गरिने छ,’ थपलियाले भने।

प्रतिनिध सभामा समानुपातिक प्रणालीबाट ११० र ७ वटै प्रदेश सभामा समानुपातिक तर्फबाट २२० सांसद निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077