Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजश्व चुहावट नियन्त्रणका लागि सशस्त्र र नेपाल प्रहरीले थाले संयुक्त पहल

वीरगञ्ज । सशस्त्र र नेपाल प्रहरीले भन्सार राजश्व चुहावट नियन्त्रणका लागि संयुक्त रुपमा पहल थालेका छन् ।

प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी )राजु अर्यालले पर्साको वीरगञ्ज नाका निरीक्षण गरेका हुन् ।

त्यसपछि पर्सा, बारा, रौतहटका दुवै सुरक्षा निकायका प्रमुख तथा अधिकृतहरुको सहभागितामा आयोजित एक कार्यक्रममा उनीहरुले राजश्व चुहावट रोक्न निर्देशन दिए । राजश्व चुहावटमा सुरक्षा निकायको संलग्नता रहने गरेको आरोप लाग्ने गरेको छ ।

तसर्थ सुरक्षा निकायको कमी कमजोरीले राजश्व चुहावट नहोस् भनेर मातहतका निकायलाई संयुक्त रुपमा ब्रिफिङ गरिएको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जानकारी दिए ।

आईजीपी सिंहले भने ‘हाम्रा साथीहरु सहित गएर भन्सार प्रशासकलाई समेत भेटेर के कमजोरी हो, कसको कारणले हो ? कसैको कारणले पनि भन्सार राजश्व चुहावट नहोस् । हाम्रो कारणले अझ कमीकमजोरी हुँदै नहोस्, देशलाई घाटा नहोस् भनेर संयुक्त प्रयास थालेका हौं ।’

देशभरी नै संयुक्त रुपमा भन्सार राजश्व चुहावट नियन्त्रणका लागि प्रयास थाल्ने उद्देश्यले प्रमुख भन्सार नाका वीरगञ्जबाट पहल थालेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077