Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी, कांग्रेस र नागरिक उन्मुक्तिले सच्याए समानुपातिक सूची, एमालेको यथावत

काठमाडौ. । नेकपा एमालेले समानुपातिकतर्फ पुरानै सूचीलाई यथावत राख्न भन्दै निर्वाचन आयोगलाई पत्र पठाएको छ ।

निर्वाचन आयोगले केही क्लस्टर नमिलेको उल्लेख गर्दै पठाएको पत्रको जवाफमा एमालेले आफूले पठाएको सूची उम्मेदवारको बन्दसूचीको क्रमअनुरूप रहेको दाबी गरेको हो ।

एमालेले मंसिर २४ गते नै निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको क्लस्टरअनुसार सूची पठाएको थियो । यस्तै कांग्रेस, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फको सूची सच्याएर निर्वाचन आयोगमा बुझाएका छन् ।

कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टी (जसपा) नेपाललाई समानुपातिक प्रणालीतर्फ यसअघि बुझाएको बन्दसूचीको नाम छनोटमा त्रुटि भएको भन्दै आयोगले नाम सच्याउन पत्राचार गरेको थियो ।

यी दलले दुई सय २० सदस्यीय प्रदेश सभाको नाम छनोटमा क्लस्टर नमिलाएको, प्राथमिकता क्रम मिचेकोलगायत त्रुटि भेटिएको निर्वाचन आयोगले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077