Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जाजरकोटमा जिप दुर्घटना : ९ जनाको मृत्यु, तीन गम्भीर

जाजरकोट । जाजरकोटमा जिप दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ ।

पश्चिम जाजरकोटको छेडागाड नगरपालिका ४ भीरबाटी भन्ने ठाँउमा कर्णाली प्रदेश ०२-००१ च ०४२९ नम्बरको बलेरो जिप दुर्घटना भएको हो ।

दशेराको जेवाबाट लेवा जाँदै गरेको जीप दुर्घटनामा परेको हो। ज्यान गुमाउने धेरैजसो लेवा गाँउका छन् । उनीहरूको परिचय खुल्न बाँकी छ। दुर्घटनामा तीन जना गभिर घाइते भएका छन् ।

घाईतेको दशेरास्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचार भैरहेको प्रहरीले जनाएको छ । जिप मध्यपहाडी राजमार्गबाट दुई सय मिटर तल खसेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077