Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ग्रेडिङ मार्कमा भएको त्रुटि सच्याउन त्रिविसँग नेविसंघको माग

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ग्रेडिङ मार्कमा भएको त्रुटि सच्याउन त्रिभुवन विश्वविद्यालयसँग आग्रह गरेको छ ।

हालै सम्पन्न ४८ औं दीक्षान्त समारोहमा उपस्थित त्रिभुवन विश्वविद्यालयको सेमेष्टर प्रणालीअन्तर्गत परीक्षा उत्तीर्ण विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्र, लब्धाङक पत्र र चारित्रिक प्रमाणपत्रमा समेत उल्लेख भएको ग्रेडिङ मार्कमा व्यापक त्रुटि रहेको जानकारी आएको भन्दै नेविसंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

प्रेस विज्ञप्ति-

मिति : २०७९/८/२६
त्रिभुवन विश्वविद्यालयको ऐतिहासिक पृष्ठभूमि र वर्तमान उच्च शिक्षाको क्षेत्रमा त्रिविले गरेको योगदानको उच्च सम्मान गर्दै, नेपालको शैक्षिक क्षेत्रको विकास र उन्नयनका निमित्त विभिन्न कालखण्डमा विद्यार्थी संगठनहरुले पुर्र्याएको योगदान र संघर्षको स्मरण गर्दै, २०७९ मंसिर २३ गते, पुल्चोक क्याम्पस (पुल्चोक खेल मैदानमा) भब्यतापूर्वक सम्पन्न त्रिभुवन विश्वविद्यालयको ४८ औं दिक्षान्त समारोहमा धेरै विद्यार्थीहरुको उत्साहपूर्ण सहभागिता रहेको सर्वविदितै छ ।
हालै सम्पन्न ४८ औं दिक्षान्त समारोहमा उपस्थित त्रिभुवन विश्वविद्यालयको सेमेष्टर प्रणाली अन्तर्गत परीक्षा उत्तीर्ण विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्र, लब्धाङक पत्र र चारित्रिक प्रमाणपत्रमा समेत उल्लेख भएको ग्रेडिङ मार्कमा व्यापक त्रुटि रहेको जानकारी आएको र सेमेष्टर प्रणालीअन्तर्गतको Deviation System लाई समेत पालना नगरी अंक निर्धारण गरेको र विद्यार्थीले छनोट गरेको Speliciation विषयको उल्लेख नगरी सबैमा All भनी उल्लेख गरेकोले विद्यार्थीले मुख्य अध्ययन गरेको विषय नछुटाएको भनी व्यापक असन्तुष्टि आएको हुँदा यस विषयमा नेपाल विद्यार्थी संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
ऐतिहासिक पृष्ठभूमि बोकेको मुलुक कै प्रतिष्ठित विश्वविद्यालयबाट पटक पटक यस्ता गल्ति हुनु / दोहोरिनु त्रिवि र नेपालको शैक्षिक निकाय प्रति विद्यार्थीहरुको विश्वास र भरोसा घट्दै जानुको मुख्य कारण हो ।
सेमेष्टर प्रणाली अन्तर्गत परीक्षा उत्तीर्ण भै थप अध्ययन गर्न स्वदेश तथा विदेशका अन्य विश्वविद्यालय एवम् शैक्षिक निकायमा आवेदन दिदाँ समेत उक्त त्रुटिका कारण विद्यार्थीहरुले समस्या झेल्नु परेको समेत जानकारी आएकोले तसर्थ सन् २०१७ देखिकै परीक्षाहरुमा यस्ता समस्या देखिएको हुँदा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयलाई यथाशीघ्र, सहजै र नि:शुल्क रुपमा उक्त त्रुटिहरू सच्चाइदिनु हुनु नेपाल विद्यार्थी संघ विनम्र अनुरोध गर्दछ ।
साथै भावी दिनमा विद्यार्थीहरुको शैक्षिक भविष्य माथि नै गम्भीर असर पर्ने यस्ता गल्तीहरू नगर्न/नदोहोर्याउन सचेत समेत गराउँदछौं ।
जय नेपाल !
दुजाङ शेर्पा
अध्यक्ष नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति
बोधार्थ :
१. त्रिभुवन विश्वविद्यालय सम्बन्धित विभाग (सबै), त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, त्रिभुवन विश्वविद्यालय सम्बन्धित क्याम्पस (सबै)

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077