Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ सरकार गठनबारे ओली र अर्जुननरसिंहबीच बालकोटमा वार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीको निमन्त्रणामा केसी आइतबार साँझ ओलीकै निवास बालकोट पुगेर भेट गरेका हुन् ।

उनीहरुबीच झण्डै दुई घण्टासम्म भेटवार्ता भएको केसीको सचिवालयले जनाएको छ । भेटमा नयाँ सरकार गठनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे दुई नेताबीच छलफल भएको बताइएको छ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक भएसँगै सरकार गठन तथा सहकार्य सम्बन्धमा नेताहरूले भेटवार्तालाई तीव्रता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077