काठमाडौं । निर्वाचन आयोगले मंसिर २६ गते सम्म समानुपातिकतर्फका सांसदहरु निर्वाचित भएको घोषणा गर्ने भएको छ ।
राजनीतिक दलहरुले शनिवार आज बुझाएको नामावली जाँचबुझ गरी सोमवार समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगले जनाएको छ ।
हालैसम्पन्न चुनावमा संघीय संसदमा नेकपा एमालेले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सिट समानुपातिकतर्फ सिट सङ्ख्या प्राप्त गरेका थिए ।
निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसदहरु पनि निर्वाचित भएको एक हप्ताभित्र चुनाव सम्बन्धी सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारी समक्ष बुझाउने स्पष्ट पारेको छ ।