Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

समानुपातिक सांसदको सूची बुझाउने आज अन्तिम दिन, सांसद छान्न दलहरुलाई सकस

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न दिएको समयसीमा आज शनिबार दिउँसो चार बजे सकिँदैछ ।

तर, राजनीतिक दलहरुले भने सांसदको टुंगो लगाउन सकिरहेका छैनन् । जसका लागि राजनीतिक दलहरु अन्तिम गृहकार्यमा जुटेका छन् । मुख्य राजनीतिक दलहरूले समानुपातिक सांसदको टुंगो लगाउनेगरी शनिबार पार्टीको बैठक आह्वान गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार पार्टीको बैठक बोलाएर अन्तिम नामावली तय गर्ने तयारीमा छन् ।

जनमत, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) ले भने समानुपातिक सांसदको सूची तयार पारिसकेका छन् । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको समानुपातिक सिट बाँडफाँट अनुसार सबैभन्दा धेरै एमालेले ३४ पाएको छ ।

यसैगरी, ३२ सांसदसहित दोस्रो स्थानमा रहेको कांग्रेस रहेको छ भने माओवादी केन्द्रले १४ र राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट पाएको छ । यस्तै, राप्रपाले ७, जसपाले ५ र जनमतले ५ सिट पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077