Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • धनगढी उपमहानगरले सञ्चालनमा ल्यायो ‘नमस्ते मेयर जनगुनासो सुनवाइ’ सेवा

    धनगढी उपमहानगरले सञ्चालनमा ल्यायो ‘नमस्ते मेयर जनगुनासो सुनवाइ’ सेवा

    अनलाइन नेपाल
  • शुक्रबार, २३ मंसिर २०७९
  • 873
    SHARES

    धनगढी । धनगढी उपमहानगरपालिकाले नमस्ते मेयर जनगुनासो सुनवाइ सेवा सञ्चालनमा ल्याइएको छ ।

    अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसको अवसर पारेर यूएनडीपीको सहयोगमा उपमहानगरपालिकाले शुक्रबारदेखि ‘नमस्ते मेयर जनगुनासो सुनवाइ सेवा’ सञ्चालनमा ल्याएको हो ।



    धनगढीका मेयर गोपाल हमाल, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा र शिक्षाविद् तथा प्राध्यापक डा.हेमराज पन्तले संयुक्त रुपमा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले नमस्ते मेयर जनगुनासो सुनवाइ सेवाको शुभारम्भ गरे ।



    उक्त सेवा अन्तरगत सेवाग्राहीले क्युआर कोड स्क्यान गरेर फेसबुक, ट्वीटर, इन्स्टाग्राम, वाट्स एप मार्फत पनि गुनासा तथा सुझावहरु टिपाउन सक्ने व्यवस्था मिलाइएको छ ।

    नमस्ते मेयर जनगुनासो सुनवाइ सेवा शुभारम्भ गर्दै धनगढीका मेयर गोपाल हमालले धनगढीलाई भ्रष्टाचार मुक्त उपमहानगरपालिका बनाउन सबैको सहयोग आवश्यक भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार