Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानमा सरकारविरोधी प्रदर्शनकारीलाई पहिलो पटक मृत्युदण्ड

एजेन्सी । इरानले सरकारविरुद्धको प्रदर्शनमा सहभागी एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ । विरोध प्रदर्शन गर्नेलाई मृत्युदण्ड दिइएको यो पहिलो घटना हो ।

मोहसिन शेकारीलाई ‘मोहरेबेह’ अर्थात् ईश्वरविरोधी गतिविधि गरेको आरोपमा हिजो मृत्युदण्ड दिइएको बताइएको छ ।

उनीमाथी गएको सेप्टेम्बरमा तेहरानको मुख्य सडक अवरुद्ध गरेको र अर्धसैनिक बलका एक सदस्यलाई छुरा प्रहार गरी घाइते बनाएको अभियोग रहेको थियो ।

एक अभियानकर्मीका अनुसार मोहसिनलाई कुनै प्रकृया विना नै दोषी ठहर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077