Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनमत पार्टीले छान्यो पाँचजना समानुपातिक सांसद [नामावलीसहित]

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा पठाउने सांसदको नाम टुंग्याएको छ ।

बिहीबार काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले समानुपातिकका लागि पाँच जनाको नाम टुंगो लगाएको हो ।

जनमत पार्टीले अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई पठाउने निर्णय गरेको हो । प्रत्यक्षमा एक सिट जितेको जनमत पार्टी पहिलो आम चुनावबाटै राष्ट्रिय पार्टी बन्न सफल भएको छ ।

गएको ४ मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जनमत पार्टीका अध्यक्ष राउतले सप्तरी–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरे । समानुपातिकतर्फ पनि यो पार्टीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेको छ ।

यस्तै आज बसेको बैठकले निर्वाचनको समीक्षा र सरकारमा जाने बारेमा पनि छलफल गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077