Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सडक विस्तार गर्दा फाइबर काटिएपछि सेवाग्राहीसँग एनसेलले माग्यो माफी

काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले सडक विस्तारका क्रममा बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण सेवा अवरुद्ध भएको बताएको छ।

बिहीबार बिहानदेखि नै एनसेलको सेवा अवरुद्ध भएपछि कम्पनीले सेवाग्राहीसँग माफी मागेको छ।

‘हामीलाई गर्नुभएको माया, विश्वास, समर्थन र समझदारीका लागि सम्पूर्ण ग्राहक, साझेदार तथा शुभचिन्तकप्रति आभारी छौं। भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउन प्रतिबद्ध छौं’, कम्पनीले विज्ञप्तिमार्फत भनेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077