Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दार्चुला र धार्चुला जोड्ने पुलमुनिको तटबन्धन भत्काउन नेमकिपाको माग

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भारतले दार्चुला र धार्चुला जोड्ने महाकाली नदीमाथिको झोलुंगे पुलमुनि १० मिटरभन्दा बढी नेपालतर्फ अतिक्रमण गरेर तटबन्ध निर्माण गरेको भन्दै भत्काउन माग गरेको छ ।

महाकालीमा स्काभेटर चलाएर नदीको धार नेपालतर्फ धकेलेको नेमकिपाका सचिव प्रेम सुवालद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

“अन्तर्राष्ट्रिय कानुनविपरीत भारतले महाकाली नदीमा स्काभेटरहरू चलाएर नदीको धार नेपालतर्फ धकेल्दै छ । नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीको झोलुंगे पुलमुनि १० मिटरभन्दा बढी नेपालतर्फ अतिक्रमण गरेर तटबन्ध निर्माण गर्दैै छ, भारतीय विस्तारवादले नेपाली भूमि अतिक्रमण अझै नरोकेको हुँदा नेपाल मजदुर किसान पार्टी भारतीय विस्तारवादको विरोध एवम् भर्त्सना गर्दछ र उक्त तटबन्ध अविलम्ब भत्काउन नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।”

नेमकिपाले नेपालको सार्वभौमसत्ताको रक्षा र नेपाली जनताको सुरक्षामा सचेत हुनुपर्ने भन्दै भारतबाट अतिक्रमित ६० हजार हेक्टरभन्दा बढी नेपाली भूभाग फिर्ता ल्याउन सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077