Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

‘गरीखान देऊ, ब्याजदर नियन्त्रण गर’ भन्दै सरकार र राष्ट्र बैंकविरुद्ध अटो व्यवसायीहरुको प्रदर्शन

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सरकार र राष्ट्र बैंकको विरोध गर्दै माइतीघरमा धर्ना दिएको छ।

यसअघिको पूर्वनिर्धारित आन्दोलनका कार्यक्रमअनुरुप अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा)को अगुवाइमा अटो व्यवसायीहरुले काठमाण्डौको माइतीघरमा बिहान ११ बजेबाट विरोध प्रदर्शन गर्नुका साथै धर्ना दिएका हुन्।

सरकारले वैशाखदेखि गाडी आयातमा प्रतिबन्ध लगाउँदै आएको फुकुवा भए पनि गाडी बिक्री हुने वातावरण मिलाउन माग गर्दै आन्दोलनमा उत्रिएका हुन्।

प्रदर्शनमा उत्रिएका अटो व्यवसायीहरुले ‘ब्याजदर नियन्त्रण गर’, ‘चालुपुँजी कर्जा मार्गदर्शन खारेज गर’, ‘मौद्रिक नीति परिमार्जन गर’, ‘गरी खान देऊ’, ‘देशमा सरकार त छ ?’, ‘जसले कर तिर्छ, उसैलाई पेल्ने’लगायतका नारा लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077