Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

चीनको सेनजेनमा वर्षमान पुनको उपचार शुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको चीनको सेनजेनमा उपचार शुरु भएको छ ।

पुनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालको क्वारेन्टिनमा उपचार शुरु भएको हो । पूर्व अर्थ र ऊर्जामन्त्री समेत रहेका पुन लामो समयदेखि जण्डिसबाट पीडित छन् ।

पुन पत्नी तथा पूर्व सभामुख ओनसरी घर्तीले उपचार शुरु भएको र स्वास्थ्यमा सामान्य सुधार आएको जानकारी दिएकी छन् ।

रोग बल्झिएपछि उनी नेपाली चिकित्सकहरुको परामर्शमा शुक्रबार फलोअप उपचारका लागि दुवई, ग्वान्झाओ हुँदै सेन्जेन प्रस्थान गरेका थिए ।

उनमा भएको रोगलाई चिकित्सकीय भाषामा सिग्गलर नाजार टाइप टू सिन्ड्रोम भनिन्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077