Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदूषण जाँच पास नभएका सवारीलाई एक लाखसम्म जरिवाना, मापदण्ड पूरा गर्न आग्रह

काठमाडौं । सरकारले यातायात व्यवसायी तथा गाडीधनीलाई प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ ।

वातावरण विभागले आज सूचना निकालेर वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुल्ला रुपमा जलाउने फोहोर रहेको भन्दै गाडीधनीलाई मापदण्डको पालना गर्न अनुरोध गरेको हो ।

पुस १ गतेपछि जाँच हुने र त्यसमा पास नभएका सवारी साधनलाई वातावरण संरक्षण ऐन अनुसार कारबाही र जरिवाना गर्ने विभागको चेतावनी छ । वातावरण संरक्षण ऐन २०७६ को दफा ४१ को उपदफा २ बमोजिम

वातावरण संरक्षण ऐन २०७६ को दफा ४१ को उपदफा २ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ । हिउँदमा काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषणको अवस्था बिग्रेको विभागले जनाएको छ । वायु प्रदूषणको मुख्य कारक सवारी साधनबाट निस्केको धुवाँ रहेको विभागको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077