Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारमा जाने दाउ खोज्दै प्रभु साह, गठबन्धनका नेताहरुसँग बढाए भेटघाट

काठमाडौं । नेकपा एमाले छोडेर स्वतन्त्र भएका प्रभु साह समूह सरकारमा जान सत्ता गठबन्धनका नेताहरुसंग भेटघाट बढाएका छन् ।

प्रभुले आफ्नै नेतृत्वमा पार्टी बनाएर सत्ता गठबन्धन नेतृत्वको सरकारमा जाने तयारी गरेका हुन । प्रभु समूहबाट प्रतिनिधि सभामा साहसहित किरणकुमार साह र कांग्रेस छोडेका अमरेशकुमार सिंह जोडिएका छन् ।

साहले माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड',एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित कांग्रेसका नेताहरुलाई समेत भेटघाटगरी सकेका छन् ।

माओवादीले रौतहट ३ बाट रवीन्द्र पट्टेललाई कारवाही गरेर साहलाई निर्वाचित गराउन भुमिका खेलेको थियो । त्यसैले अधिकांश माओवादी नेताहरु साह माओवादीमा जोडिने बताउँदै आएका छन् ।

यद्दपी उनी माओवादीमा फर्किने भन्दा आफ्नै नेतृत्वमा पार्टी गठन गर्ने तयारीमा लागेका छन् । चार पटक सांसद भएका शाह चार पटक नै मन्त्री भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077