Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोकुल बाँस्कोटाले भने - केही वामपन्थीहरूकै हर्कतबाट कांग्रेस ठूलो पार्टी भयो

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले नेपालका वामपन्थी पार्टीहरूमा वामएकताको स्वर हराउन थालेको बताएका छन् ।

बाँस्कोटाले फेसबुकमा लेख्दै नेपालका वामपन्थीहरूकै जनमतको कारणले कांग्रेस ठूलो पार्टी भएको बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘कुनै समय फुटबलमा रोचक मानिएको स्पेनको टिकीटाका स्टायल हराए जस्तै नेपालका

वामपन्थी पार्टीहरूमा वाम एकताका स्वर पनि हराउन थाल्या छन् । कही जनमत र केही हर्कतबाट कांग्रेस ठूलो भै सक्यो ।’

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लक्षित गरेर अर्काको खेतमा मलजल गरेर आफ्नो भकारी नभरिने बताए ।

प्रचण्ड-माधवलाई कटाक्ष गर्दै उनले भनेका छन्, ‘अर्काको खेतमा मलजल र गोडमेल गर्ने अनि आफ्नो भकारी भरिएन भनेर गुनासो गर्ने गनगने प्रवृत्ति काम छैन ।’

सत्तागठबन्धनको आडमा निर्वाचनमा होमिएको माओवादी १८ सीटमा सीमित भएको छ भने नेकपा एसले प्रत्यक्षमा १० सीट जितेपनि थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्न असफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077