Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साउदी अरबकाे राजकीय भ्रमणमा चिनियाँ राष्ट्रपति सी चिनफिङ

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले आज (बुधबार)देखि साउदी अरेबियाको तीन दिने भ्रमण गर्ने भएका छन् ।

भ्रमणका क्रममा सीले विश्वको सबैभन्दा ठूलो तेल निर्यातक साउदी अरेबियाका राजा सलमान बिन अब्दुलअजीज अल साउद र डिफेक्टो लिडर एवं प्रधानमन्त्री माेहम्मदबिन सलमानलाई भेट्ने भएका छन् ।

द्विपक्षीय शिखर सम्मेलनमा २९.२६ अर्ब अमेरिकी डलरको प्रारम्भिक सम्झौतामा हस्ताक्षर हुने साउदी प्रेस एजेन्सी एसपीएले जनाएको छ ।

कोरोनो भाइरसको महामारीपछि राष्ट्रपति सीको यो तेस्रो विदेश भ्रमण हो ।

सी डिसेम्बर ७ अर्थात् आजदेखि डिसेम्बर १० सम्म साउदीमा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077