Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन परिणामपछि पद्माले भनिन् - बुथ कब्जा गरेर जित्न सफल भएकोमा धनराजलाई बधाई

काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्याल स्याङ्जा २ बाट निर्वाचित नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई बधाई दिएकी छन् ।

अर्यालले युवा जनशक्ति प्रयोग गरेर केही ठाउँका बुथ कब्जा गरेर जित्न सफल भएकोमा बधाई दिएकी हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिँदै उनले उपसभापति गुरुङले स्वस्थ प्रतिस्पर्धामाथि विश्वास गर्न नसकेको बताइन् ।

उनले लेखेकी छन्,'आगामी दिन लोकतन्त्रको मूल्य मान्यता तपाईंबाट अपहरित नहोस् । युवाहरूको जोश जाँगरलाई उत्पादनशील एवं सृजनशील कार्यमा लगाएर राष्ट्रको सेवक बनाउन सहयोग पुर्‍याउन सक्नुहोस् ।

न कि निर्वाचनमा आफ्नो स्वार्थ अनुकूल उनीहरुलाई दुरुप्रयोग गरि प्रतिस्पर्धीमाथि हमला गर्न लगाउँदै, आतंक सृजना गरि बुथ कब्जा गर्ने जस्तो दुश्कर्म गर्न ।'

बुथ कब्जा गरिएको ठाउँमा पुन मतदानको माग गरेकी अर्यालले आफू जनताको मतबाट पराजित हुन तयार भएपनि राज्यबाट सुनुवाई नभएको गुनासो गरेकी छन् ।

गुरुङलाई शालिन र लोकतन्त्रमाथि विश्वास गर्ने नेताको रुपमा बुझेको निर्वाचनका दिन चापकोटको केही बुथमा भएका निर्मम दृश्यले बुझाइ झुठो प्रमाणीत गरिदिएको समेत बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077