Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोकुलको घरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्कृय, बम नभएको पुष्टि

काठमाडौं । एमालेका नेता गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

आइतबार बिहान भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा प्लास्टिकभित्र राखेको अवस्थामा शंकास्पद वस्तु फेला परेको थियो । उक्त शंकास्पद वस्तु बम नभएको पुष्टि गर्दै सेनाको टोलीले निष्कृय पारेको हो ।

शंकास्पद वस्तु भेटिएको सूचना पाएपछि आइतबार बिहान प्रहरीले सो वरपरको क्षेत्र नियन्त्रणमा लिएर नेपाली सेनाको टोलीलाई बोलाएको थियो ।

बिहान छिमेकीले बास्कोटाको घरको पर्खाल छेउमा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । पूर्व सञ्चारमन्त्रीसमेत रहेका बाँस्कोटा हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक–२ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077