Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • गोकुल बास्कोटाको घर पुग्यो सेनाको टोली, शंकास्पद वस्तु डिस्पोजको तयारी

    गोकुल बास्कोटाको घर पुग्यो सेनाको टोली, शंकास्पद वस्तु डिस्पोजको तयारी

    अनलाइन नेपाल
  • आइतबार, १८ मंसिर २०७९
  • 999
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ ।

    आइतबार बिहान बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेपछि बम भएको आशंकमा सेनाको टोली पुगेको हो ।



    शंकास्पद वस्तु भेटिएको सूचनापछि प्रहरीको टोली उनको घरमा पुगेको थियो । प्रहरीले प्रहरीले प्रेसर कुकर बमको आशंका गरिएकाले प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाएको हो ।



    अबको केहीबेरमा सेनाले डिस्पोजल गर्ने तयारी गरेको छ । बिहान पसल जाने क्रममा छिमेकीले घरको पेटीमा प्रेसरकुकरमा राखिएको अवस्थामा बम जस्तो वस्तु देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार