Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेसँग मिलेर सरकार बनाउने विकल्प खुला राख्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठकमा चुनावी नतिजाबारे भने प्रारम्भिक छलफल भएको छ ।

पदाधिकारी बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले चुनावको प्रारम्भिक समिक्षामात्र भएको बताएका हुन् ।

नयाँ सरकार गठन जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुल्ला राख्नेबारे छलफल भएको छ । महराले बर्तमान गठबन्धन छोड्ने निर्णय नगरेको तर सबै विकल्प खुला राख्ने निर्णय भएको बताए ।

उनले भने, ‘बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन । अन्य विकल्प पनि खुल्ला राख्ने निर्णय भएको छ । सबै विकल्प खुल्ला छ, तर, पुरानो गठबन्धनलाई छोड्ने, तोड्ने निर्णय हामीले गरेका छैनौं ।’

माओवादीले पहिलो चरणमै आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गर्दैं आएको छ।

कतिपयले नेपाली कांग्रेस यसका लागि तयार नभए एमालेसँग पनि माओवादी मिल्नसक्ने आशंका गरेका छन् । अपेक्षा गरेजस्तो नजिता नआएको निष्कर्षमा बैठक पुगेको महराले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077