Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • प्रेम बानियाँले रविलाई भने – ह्यांगओभरबाट बाहिर आउनुस्, किन यस्तो हल्लाखल्लामै हो ?

    प्रेम बानियाँले रविलाई भने – ह्यांगओभरबाट बाहिर आउनुस्, किन यस्तो हल्लाखल्लामै हो ?

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । अमेरिकामा रहेका सञ्चारकर्मी प्रेम बानियाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई विगतको ह्यांगओभरबाट बाहिर आउन सुझाव दिएका छन् ।

    शुक्रबार राति सामाजिक सञ्जालमार्फत सभापति लामिछानेलाई अब अलि ‘सिरियस’ हुनेबेला आएको बताएका हुन् । सिंगो युवा पुस्ताको उदय र बिलयसँग तपाईं जोडिनु भएको छ,’ उनले लेखेका छन्,’त्यसैले ‘प्लिज’ हिजोको ह्यांगओभरबाट बाहिर आउनुस् ।’



    उनले अब रवि देशको विशेष ‘कन्टेन्ट’ भएको बताए । ‘अब तपाईं स्वयम् देशको विशेष ‘कन्टेन्ट’ हो । अब पनि ‘स्टन्ट’ र ‘स्कुप’ खोज्न थाल्नुभयो भने धेरै कुरा बिग्रिन्छ,’ उनले उल्लेख गरे ।



    यस्तै जुगेडी खोलाको पानी रामनगर पुर्याउन अस्ति भर्खर चुनाव जितेको तपाईंको के योगदान छ त्यो त आफूलाई थाहा नभएको उनले बताए । तर यस्ता विषयहरूमा तपाईंले भन्दा पनि अरूहरूले पोष्ट गरिदिएको भए राम्रो हुने उनको सुझाव छ ।

    यसैगरी उनले रविलाई धेरै तिर ‘जस’ खोज्नुपनि राम्रो नहुने सुझाव दिए । उनले भने, ‘मानक बन्नुस न कि मानोपाथि ! किन यस्तो हल्लाखल्लामै हो के तपाईं ? डोजर नहसाउनुस् यसरि अब क्रमश सुझावहरू पाउनुहुनेछ ।’

    सभापति लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको चुनाव जितेपछि आफूले गरेका कामहरु समाजिक सञ्जालमार्फत सार्वजकि गर्दै आएका छन् ।

    शनिबार उनले रामनगरका स्थानीय बासिन्दाको अग्रसरताले जुगेडि खोलाको पानी अब छिट्टै रामनगर पुग्ने भन्दै स्ट्याटस लेखेका थिए । उनले आज पाईप बिच्छाउने स्थानको ७ किलोमिटरको दुरि मध्य करिब २.५ किलोमिटरमा झाडि फाड्ने र खाडल खन्ने काम थालनी भएको जानकारी गराएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार