Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

वर्षमान पुन उपचारका लागि चीन प्रस्थान

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चीन प्रस्थान गरेका छन् ।

पत्नी ओनसरी घर्तिमगरसहित उनी उपचारका लागि शुक्रबार राति चीन प्रस्थान गरेका हुन् ।

चीन-नेपाल नियमित उडान नभएकाले उनी साँझ ७ बजे इमिरेट्सको उडानबाट दुवई हुँदै ग्वान्झाओ जानेछन् । ग्वान्झाओबाट सेनजेन जाने पुनको सचिवालयले जनाएको छ ।

सत्ता समीकरणको बहस चलिरहेका बेला पुनको चीन भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077