Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘क्लालिब्रेसन फ्लाइट’ का कारण त्रिभुवन विमानस्थलमा आज पनि उडान प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट )का कारण शुक्रबार पनि उडान प्रभावित भएका छन् ।

विमानस्थल कार्यालयले दिउँसो १० बजेबाट १ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म ‘नोटाम’ नोटिस जारी गरेको छ । यस अवधिमा एरोथाईको जहाजले उपकरणहरुको परीक्षण गर्दैछ ।

परीक्षणका दौरान नियमित उडान प्रभावित हुने भएको हो । वायुसेवा कम्पनीहरुले विमानस्थलमा परीक्षणका क्रममा हुने असरले उडानमा परेको असरबारे आफ्ना यात्रुलाई सूचित गराएका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गर्न ल्याइएको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य आन्तरिक विमानस्थलमा समेत परीक्षण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077