Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

माओवादी उपमहासचिव वर्षमान पुन आज चीन जाँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज चीन जाने भएका छन् ।

जण्डिसले नेता पुनको स्वास्थ्यमा फेरि समस्या आएपछि यसअघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन् ।

यसअघि २०७८ मंसिरमा करिब एक महिना बसेर पुनले सो अस्पतालमा उपचार गराएका थिए ।

पुन अहिले नेपाल-चीन नियमित उडान नभएकाले आज साँझ ७ बजे इमिरेन्टस उडानबाट दुबई, ग्वान्झाओ हुँदै सेनजेन जान लागेको सचिवालयले जानकारी दिएको छ ।

पुनसँगै उपचारका लागि पूर्वसभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी शीला पनि जाँदैछिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077