Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वी नवलपरासीमा जिप दुर्घटना : मृतकको संख्या चार पुग्यो, १० जना घाइते

पूर्वी नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को धौवादीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रमुख भुवनेश्वर तिवारीका अनुसार मृत्युहुनेमा होमबहादुर राना, यामबहादुर ठाडा, मनसभा बराल र केशरी दराईको घटनास्थलमै मृत्यु भएको हो । उनीहरु सबै स्थानीय बौदीकाली र बुलिंटार गाउँपालिकाका बासिन्दा हुन् ।

घाइते १० जनालाई उद्धार गरी अस्पताल लगिएको छ । सडकबाट करिब तीन सय मिटर तल खसेको जिप ब्रेक फेल भएका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ । साँझ साढे ५ बजे भएको दुर्घटनामा घाइते तथा मृतकको उद्धार साढे ८ बजेसम्म जारी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077