Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • बालिकाको मृत्युपछि धनगढी तनावग्रस्त, प्रशासनद्वारा निषेधाज्ञा जारी

    बालिकाको मृत्युपछि धनगढी तनावग्रस्त, प्रशासनद्वारा निषेधाज्ञा जारी

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 1.2K
    SHARES

    कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा निषेधाज्ञा जारी रहेको छ । बिहीबार बिहान साइकल चढेर विद्यालय जाँदै गरेकी बालिकाको ग्रेडरको ठक्करले मृत्यु भएपछि धनगढी दिनभर तनावग्रस्त बनेको छ ।

    सोही अवस्थालाई मध्येनजर गर्दै प्रशासनले बिहीबार साँझ ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।



    ‘अराजक गतिविधिहरुलाई नियन्त्रण गरी सर्वसाधारण नागरिकहरुको जनधनको सुरक्षा र सरकारी सम्पत्तिको संरक्षण गरी शान्ति सुव्यवस्था कायम गर्न आवश्यक देखिएकोले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९३क० बमोजिम यस जिल्लाको तपसिलका क्षेत्र र समयमा ५ जनाभन्दा बढी व्यक्तिहरु आवतजावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन जिल्ला सुरक्षा समिति कैलालीको मिति २०७९।०८।१५ गतेको निर्णयानुसार निषेध गरिएको छ। यस आदेशको उल्लंघन गरेमा कानून वमोजिम कारवाही हुने व्यहोरा सम्वन्धित सवै सर्वसाधारणको जानकारीका लागि सूचित गरिएको छ,’ जिल्ला प्रशासन कार्यालय कैलालीद्धारा जारी आदेशमा उल्लेख छ ।



    धनगढीमा ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत अन्दाजी १४ वर्षीया छात्रा चेतना साउँदको मृत्य भएपछि तनाव भएको थियो । आज बिहान धनगढी उपमहानगरपालिका–५ तारानगरकी चेतना साउँदको हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ । साउँदको शव सेती प्रादेशिक अस्पताल लगिएको छ ।

    सोही विरोधमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । विद्यार्थीहरुले आन्दोलन गर्दै धनगढी–स्याउले सडक अवरुद्ध गरेका थिए, भने जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले धनगढीको पार्क मोड, जिल्ला प्रहरी कार्यालयको मूल गेट अगाडि लगायतका ठाउँमा प्रहरीविरुद्ध समेत नाराबाजी गरेका थिए ।

    दोषीलाई कानुनी कारवाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था नभएसम्म शव उठाउन नदिने अडान लिएपछि अवस्था झन् तनावग्रस्त बनेको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार