Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धारिलो हतियारले घाँटी रेटी किशोरीको हत्या, एक घाइते

बैतडी । बैतडीमा एक किशोरीको घाँटी रेटी हत्या गरिएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ सैलोडाकी २१ बर्षीया माया लुहारको हत्या गरिएको हो । सोही ठाउँकी १५ बर्षीया नेहा लुहार घाइते अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार मंगलबार बिहान १० बजे घरबाट पञ्चेश्वर गाउँपालिका ३ कुलाउमा लुगा सिलाउन गएका दुवै जना घर नफर्केपछि खोजी गर्दै जाँदा बुधबार माया मृत अवस्थामा फेला परेकी हुन् भने नेहा घाइते अवस्थामा फेला परेकी हुन् ।

माया र नेहाको खोजी गर्दै जाँदा शिवनाथ गाउँपालका ६ शिवनाथ मन्दिर नजिकै टेलिफोन टावरको छेउमा मायाको शव फेला परेको हो भने पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सिमानास्थित बालाडाँगा भन्ने स्थानमा नेहा घाइते अवस्थामा फेला परेकी हुन् ।

मायाको धारिलो हतियारले घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । नेहाको पनि घाँटीमा रेटिएको र उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन पठाइएको छ । घटनास्थल तर्फ प्रहरीको टोली गएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077