Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • बाबुराम भट्टराईले भने – सुकुम्बासीको संवेदनशील प्रश्नमाथि कसैले छुद्र राजनीति नगरौँ

    बाबुराम भट्टराईले भने – सुकुम्बासीको संवेदनशील प्रश्नमाथि कसैले छुद्र राजनीति नगरौँ

    सुकुम्वासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 951
    SHARES

    काडमाडौं । नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराईले काठमाडौं उपत्यकाका सुकुम्वासी समस्या समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संयोजन गर्नुपर्ने बताएका छन् ।

    काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा रहेका सुकुम्वासी बस्ती हटाउन खोजे पनि अवरोध भएपछि उनले तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संयोजन गरेर सहजीकरण गर्दा राम्रो हुने बताएका हुन् ।



    सामाजिक सञ्जालमा लेख्दै भट्टराईले भनेका छन्, ‘आवासविहीन सुकुम्बासीको संवेदनशील प्रश्नमाथि कसैले छुद्र राजनीति नगरौँ ।



    मेरो पालामा सुरु भएको काठमाडौं उपत्यकाका सुकुम्वासी र न्यून आय भएका नागरिकको आवास व्यवस्थासम्बन्धी सरकारी निर्णय र भवन निर्माणका कार्यमा टेकेर यो समस्या दीर्घकालीन रूपले समाधान गर्न राज्यका सबै अंगले सहकार्य गरून् ।

    मेरो पालामा झैँ तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संयोजन गरेर यो मामिलामा सहजीकरण गर्दा हुन्छ।’

    उनीहरूको व्यवस्थापनको उत्तम विकल्प नागार्जुन नगरपालिकामा बनाइएको कम्पार्टमेन्ट रहेको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार