Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मतगणनामा ढिलाइ गर्दा नयाँ सरकार गठनमा विलम्ब हुने

काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा ढिलाइ गर्दा नयाँ सरकार गठनमा विलम्ब हुने भएको छ ।

निर्वाचन भएको एक साताभित्र मतगणना सक्ने घोषणा आयोगले गरेको थियो । तर १० दिन पुग्दासम्म आयोगले प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना सकेको छैन । मतगणनामा विलम्ब हुँदा नयाँ संसद्बाट पुस पहिलो साताअघि नयाँ सरकार गठनको सम्भावना न्यून बन्दै गएको छ ।

आयोगले समयमा निर्णय नगर्दा दोलखामा पुनः मतदानमा विलम्ब भएको छ भने बाजुरा र स्याङ्जा २ का विषयमा आयोगले कुनै निर्णय लिएको छैन । यसबाट थप समय लाग्ने देखिएको छ ।

समानुपातिकतर्फको मतगणना सकिएसँगै राष्ट्रिय मान्यताप्राप्त दलले पाउने सिट संख्या तोक्दै आयोगले नाम दिन दलहरूलाई केही समय छुट्याउनुपर्ने हुन्छ ।

दलहरूले बुझाएको बन्दसूचीका आधारमा समानुपातिकबाट निर्वाचित हुने सांसदको टुंगो लागेपछि मात्र आयोगले चुनावको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउनेछ । आयोगले निर्वाचन प्रतिवेदन बुझाएपछि मात्र नयाँ सरकार गठन प्रक्रिया अघि बढ्नेछ । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077