Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साेमबार १५.६१ अंकले घट्याे नेप्से परिसूचक

काठमाडौं । सोमबार सेयर बजार १५.६१ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार सेयर बजार घटेर १९५०.३७ अंकमा पुगेको छ ।

नेप्सेको अनुसार आज ३७ लाख ६१ हजार २९९ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४९ करोडको कारोबार भएको छ । जसमा सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको १६ करोड बढीको कारोबार भएको छ ।

त्यसैगरि, हिमालयन डेष्टिलरीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १६ करोड ४६ लाख रुपैयाँ माथिको कारोबार भएको छ । त्यस्तै, नबिल बैंकको ७ करोड २४ लाख, शिवम् सिमेन्ट्सको ६ करोड १६ लाख, एभरेष्ट बैंकको ५ करोड ९८ लाख र साइन रेसुंगाको ५ करोड ८८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077