Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

थापाथलीको सुकुम्बासी बस्ती हटाउन खोज्दा महानगरविरुद्ध प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाले डोजर लिएर थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन आएपछि वाग्मती नदी किनारका सुकुम्बासी बस्तीका स्थानीय प्रदर्शनमा उत्रिएका छन् ।

सोमबार दिउँसो महानगर र समितिको टोली एक्स्काभेटर लिएर आएपछि स्थानीय प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले अहिले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीले महानगर र प्रहरीविरुद्ध नाराबाजी गरिरहेका छन् । सुकुम्बासी बस्ती भत्काउन गएको महानगरपालिको टोलीमाथि बस्तीका मानिसले ढुंगामुढा समेत गरेका छन् ।

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिर (चुनावकै दिन)सम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो ।

समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन ४ मंसिरसम्मको समयसीमा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077