Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्याङ्जा-२ विवादबारे छानबिन समितिले आज प्रतिवेदन बुझाउँदै

काठमाडौं । स्याङ्जा क्षेत्र नं २ को चुनाव सम्बन्धी विवादको छानबिनका लागि गठन गरिएको टोलीले आज (सोमबार)निर्वाचन आयोग समक्ष प्रतिवेदन बुझाउने भएको छ ।

आयोगका सहसचिव फणीन्द्र गौतमको नेतृत्वमा गठन भएको छानबिन टोलीले आज (सोमवार) आयोग समक्ष प्रतिवेदन बुझाउन लागेको हो ।

टोली जिल्लामा आएर स्थलगत अवलोकन तथा सरोकारवालाहरूसँग छलफल गरेको थियो । टोलीले जिल्लाका सुरक्षा निकाय, प्रशासन, विवाद भएको भनिएको बुथका मतदान अधिकृत र सहायक अधिकृत, आन्दोलनरत राजनीतिक दल लगायतसँग छलफल गरेको थियो ।

३ दिन भित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन गरिएको थियो ।

चापाकोट नगरपालिका वडा नम्बर ३,४ र ५ को दिसिङकोट, राममन्दिर, दिनदयालु, चिठ्ठी पोखरी बुथमा नेपाली काँग्रेसले धाँधली गरेको भन्दै एमालेले पुनः मतदानको माग गरेर मतगणना हुन नदिएको हो ।

यो क्षेत्रमा कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा (एमाले)की सचिव पद्मा अर्याल प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077