Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हर्क साम्पाङ भन्छन् - बालेन र म मिलेको हेर्न चाहने धेरै रैछन, भेट हुँदा छमछमी नाच्नुपर्ला

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरका मेयर बालेन साहसँग आफ्नो कुनै विवाद नभएको स्पष्ट पारेका छन् ।

काठमाडौंको फोहोरको विषयमा केही समय अगाडि मेयर साम्पाङ र बालेनबीच सामाजिक सञ्जालमा विवाद देखिएको थियो । उक्त विवादको सन्दर्भमा समर्थकहरुले प्रश्न उठाएपछि आइतबार सामाजिक सञ्जाल मार्फत साम्पाङले यस्तो स्पष्टीकरण दिएका हुन् ।

उनले आफूहरु कहिल्यै नबाझेको समेत बताए । यस्तै उनले बालेनसँग भेट हुँदा छम्छमी नाचेर देखाउने बताए ।

‘हर्क साम्पाङ र बालेन मिलेको हेर्न चाहने धेरै रैछन ! हामी बाझेको नै कहिले थियौँ र ! अब हाम्रो भेट हुँदा छम्छमी नाचेरै देखाउनु पर्ला !’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077