Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जहाजको 'इन्जिन स्टार्ट' नभएपछि मुम्बई जाने १५२ यात्रु अलपत्र

काठमाडौं । मुम्बई उड्ने तयारीमा रहेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज ए३२० आरए २०१० जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड भएको छ ।

प्राविधिक समस्याका कारण इन्जिन स्टार्ट नभएपछि सो जहाज ग्राउण्डेड भएको हो । विमानस्थल कार्यालयका अनुसार यो जहाज बिहान ११ः३० मा भारतको मुम्बई उड्ने तयारीमा थियो ।

सोही अनुसार यात्रु चढाइएको थियो । तर, इन्जिन स्टार्ट हुन सकेन । आइतबार नै दिल्लीबाट फर्किएको अर्को न्यारोबडी जहाजमा यस जहाजका यात्रु राखेर जहाज मुम्बई पठाउन लागिएको छ ।

यो जहाजमा १५२ जना यात्रु रहेका छन् । जहाज मुम्बईबाट आइतबार नै काठमाडौं फिर्ता हुनेछ । इन्जिन स्टार्ट नभएको जहाजको भने प्राविधिक जाँच सुरु गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077