काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम अझै जारी छ ।
आइतबार बिहान साढे ९ बजेसम्म १६५ क्षेत्रमध्ये १५६ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । अब ९ क्षेत्रको मात्रै अन्तिम नतिजा आउन बाँकी छ।
मत परिणाम आउन बाँकी रहेका ९ क्षेत्रमध्ये दोलखा, स्याङ्जा २ र बाजुरामा अझै मतगणना सुरु हुन सकेको छैन ।
परिणाम आउन बाँकी ६ क्षेत्रमा भने मतगणना जारी छ । जसमा नेपाली कांग्रेसले ३ ठाउँमा अग्रता लिएको छ भने एमालेले २ र राष्ट्रिय स्वतन्त्र पार्टीले १ स्थानमा अग्रता लिएको छ ।
कहाँ कसको अग्रता :
सुनसरी १
गोमा तामाङ (राष्ट्रिय स्वतन्त्र पार्टी) - १३११७
अशोककुमार राई (जनता समाजवादी पार्टी) - १२७०७
मुक्सामहाङ सुब्बा (माओवादी केन्द्र) - १०११६
सुनसरी ३
भगवती चौधरी (नेकपा एमाले) - १६००५
विजयकुमार गच्छदार (नेपाली कांग्रेस) - ११६९५
कमल बाबु मैनाली (राष्ट्रिय स्वतन्त्र पार्टी) - ५२८६
इलाम १
महेश बस्नेत (नेकपा एमाले) - २०३८५
झलनाथ खनाल (एकीकृत समाजवादी) - १८२०५
धनुषा ४
महेन्द्र यादव (नेपाली कांग्रेस) - २१२२४
रघुबीर महासेठ (नेकपा एमाले) - २०२०३
महाजन यादव (जनता समाजवादी पार्टी) - ४६०८
सुनसरी ४
ज्ञानेन्द्र बहादुर कार्की (नेपाली कांग्रेस) - २३४३९
जगदिश प्रसाद कुसियैत (नेकपा एमाले) - २३३४१
जिवन कुमार श्रेष्ठ (राष्ट्रिय स्वतन्त्र पार्टी) - २८५२
उदयपुर १
नारायण खड्का (नेपाली कांग्रेस) - २१८३३
मञ्जु चौधरी (नेकपा एमाले) - २०१२०